दफा २६
जानकारी दिनु पर्ने
(१) एक क्षेत्रमा दर्ता भएको सवारी अर्काे क्षेत्रमा प्रवेश गरेमा प्रवेश गरेको चौबीस घण्टाभित्र सो सवारीको धनी वा चालकले नजीकको प्रहरी कार्यालयमा त्यसको जानकारी दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम प्रवेश गरेको सवारी तीस दिन भन्दा बढी त्यस क्षेत्रमा चलाउन परेमा त्यस्तो सवारी सो क्षेत्रमा प्रवेश गरेको सात दिनभित्र सवारी धनी वा चालकले अधिकार प्राप्त अधिकारीबाट स्वीकृति लिनु पर्छ ।